एसिया कप क्रिकेटको 'लाइभ अपडेट' हाम्रो पात्रोमा हेर्न सकिने

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १२ : ३५
एसिया कप क्रिकेटको 'लाइभ अपडेट' हाम्रो पात्रोमा हेर्न सकिने

काठमाडौं। आजदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर देख्न सकिने हाम्रो पात्रोकी सेल्स एण्ड मार्केटिङ हेड सुजाता गौतमले जानकारी दिइन् ।

यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ ।यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ । साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हे प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप अपडेट गर्नु पर्ने छ। 

 

बुधवार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवसीय क्रिकेटमा विश्वकै पहिलो वरीयतामा रहेको पाकिस्तानको सामना गर्दैछ ।पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ ।  फाइनल भने आउँदो ३१ भदौमा हुनेछ ।  

हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।