कञ्चनपुर । डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ ।
बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।
एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।
भारतमा डेंगीको संक्रमण भएको वा यहाँ फर्किएपछि भएको बारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।
डेंगी सार्ने लामखुट्टेका लार्भा र फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेंगी संक्रमण
डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान
बैतडीमा सातजनामा डेंगी पुष्टि
प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान