काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ ।
गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो । हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा अरु सबै उपसूचक बढेको छन् । अन्य उपसूचक ०.२८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.०९ प्रतिशतले गिरावट हो ।
होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७० प्रतिशत र व्यापार उपसूचक ०.६५ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक ०.५२ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने गिरावट भएर १ अर्बबाट तल झरेको छ । ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको ४ करोड ९८ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सोमबार कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ९७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १२ कम्पनीको सेयरमूलय स्थिर छ । सोमबार कारोबार भएकोमध्ये कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । नेप्सेमा सूचीकृत भएदेखि नै कम्पनीका सेयरमूल्य लगातार बढिरहेको छ ।
यस्तै लक्ष्मी र सनराइज बैंक मर्जर भएर बनेको लक्ष्मी सनराइज बैंकको नामबाट सेयर कारोबार सुरु भएसँगै बैंकको सेयरमूल्य ४.७१ प्रतिशत र सीटी होटलको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि भएको छ । यता स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.३८ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.५५ प्रतिशत र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.४२ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा