काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आफूले पढ्दाको समयलाई समेत स्मरण गरे । उनले अनेरास्ववियुको लामो इतिहास रहेको बताउँदै अनेरास्ववियुका विद्यार्थीहरुलाई देख्दा विगतको सम्झना ताजा भएर आएको बताए । माक्र्सवादी विचारबाट आफू १३ वर्षदेखि नै प्रभावित भएको उनले स्मरण गरे । आफू त्यसबेला पढाइमा पनि साह्रै तेज भएको उनले स्मरण गरे ।
‘तपाईँहरुलाई देख्दा विद्यार्थी कालको सम्झना ताजा भएर आएको छ । जम्माजम्मी १७ वर्षको उमेरमा म कम्युनिष्ट पार्टीको सदस्य भएको थिएँ । माक्र्र्स वादी विचारतर्फ म जम्माजम्मी १३ वर्षको उमेरमा नै प्रभावित भएको थिएँ । १३ वर्षमा जब म कक्षा १० मा पुगेको थिएँ, मैले १४ वर्षको उमेरमा त एसएलसी नै पास गरेको । मभन्दा मेरा जेठा दाजुहरु सबै जुनियर । पढाइमा तेज भएको हुनाले म दुई क्लास टपेर माथि पु्गेको थिएँ । हुन त मेरो जन्मिएको नाम तेजकुमार नै हो । न्वारनको नामै तेजकुमार,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन