इन्जिनियरिङको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघको मसाल जुलुस

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, ०८ : ३५
इन्जिनियरिङको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघको मसाल जुलुस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले अस्वभाविक शुल्क वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । बिहीबार साँझ नेविसंघ ललितपुरले पाटनढोकादेखि पुल्चो क्याम्पससम्म मसाल जुलुस निकालेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थानले मूल्य समायोजन नगरेसम्म आन्दोलन नरोकिने  नेविसंघ केन्द्रीय सदस्य विजय बिजय महतोले बताए । 'नेविसंघहिजोसम्म कलम बोकेर आन्दोलनरत थियो । तर, डिनले वेवास्ता गरेकाले आजबाट मसाल बोक्न  बाध्य भएका छौं । अब यो मसाल मुल्यवृद्धि नघाटेसम्म छाड्दैनौं,' महतोले भने ।

यस्तै नेविसंघ ललितपुरकार अध्यक्ष सरोज घोरासैनीले पनि मूल्यवृद्धि फिर्ता नभए इन्जिनियरिङ अध्ययन संस्थानको डिनको घर घेर्ने बताए । 'आज हामी मसाल बोकेर सडकमा छौँ । तर, डिनले कानमा तेल हालेर बस्नुभयो भने यो मसाल डिनको घरसम्म पुग्नेछ,' अध्यक्ष घोडासैनीले भने ।  

इन्जिनियरिङ अध्यायनका लागि एकैपटक करिब २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै नेविसंघ आन्दोलित छ । शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । बुधबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि फिर्ता लिन माग गरेका थिए ।

बिहीबार कांग्रेस महामन्त्री गगन थापा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेका थिए । यस्तै कांग्रेस सांसद प्रदीप पौडेल बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानलाई मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस