मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।
बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फ पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु