मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।
बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फ पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार