काठमाडौ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार हुने भएको छ ।
बुधबार दायर रिटमा थापाले लिएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सो रिट बिहीबारको पेसीमा चढेको जानकारी दिए ।
सोहीअनुसार रिट कुनै न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ ।
नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको मागसमेत रिट निवेदनमा माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप
राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको वक्तव्यमै गम्भीर त्रुटी