कांग्रेस नेता कार्कीको निधन

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १९ : ५६
कांग्रेस नेता कार्कीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका पूर्व सदस्य डा राजाराम कार्कीको निधन भएको छ । 

 धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व महासचिवसमेत रहेका कार्कीको आज साँझ उपचारको क्रममा बीर अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ । 

कांग्रेसले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भाद्र ७ गते विहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस