भाजपाको अफिसमा पुगे सीके राउत

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १४ : ५५
भाजपाको अफिसमा पुगे सीके राउत

काठमाडौं । सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

साहले भाजपा नेताहरुसँग पार्टी–पार्टी सम्बन्ध आदानप्रदानका कुराहरु भएको बताए । यसअघि पनि भाजपासँग आफूहरुको सम्बन्ध रहँदै आएको उनले बताए । ‘राजनीतिक भेटघाट र दुई पार्टीबीच सहकार्यका बारेमा कुरा भयो,’ साहले भने, ‘हामी पहिले पनि आएका थियौं । चुनाव सकिएपछि दुई पार्टीको सम्बन्ध लगायतका विषयमा कुरा भएको छ । अरु ठोस कार्यसूची छैन । केही राजनीतिक भेटघाट र अध्यक्षज्यूका व्यक्तिगत कामसमेत छन् ।’

भाजपाले ट्वीट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्टता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस