काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ११ : ५७
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस