राष्ट्रियसभा बैठक २ घण्टा पछि सारियो

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ११ : ३४
राष्ट्रियसभा बैठक २ घण्टा पछि सारियो

काठमाडौँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । 

सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा २ घण्टा ढिला सारिएको उल्लेख छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस