काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनादेखि अवरुद्ध संसद् सञ्चालनका लागि सहमति नजिकै पुगिएको कुरा राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
आज बिहान शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा उनले संविधानको रक्षा र जनताले चाहेबमोजिम संसद् सञ्चालनका लागि दलहरूबीच लगभग सहमति भइसकेको बताएका हुन्।
यस विषयमा राष्ट्रपतिले राखेको चासोप्रति प्रधानमन्त्रीले आभार व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ। यसमा कसैले विमति राख्नुपर्ने कारण छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी निरन्तर छलफलमा छौँ। संसद् सुचारु गर्ने सहमतिको करिब-करिब नजिक पुगेका छौँ। राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति