समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, ११ : ०७
समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (आलोकनगर) मा  बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो। 

बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्। उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।