कुन्मिङ। सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ।कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो ।
दक्षिण–पश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका तीस हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुना सहभागी भएका थिए ।
सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विश्व विकासको विशाल परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा हुँदा कुन्मिङमा पहिलो चीन–दक्षिण एसिया एक्स्पो आयोजना भएको थियो । विगतका वर्षहरूमाभन्दा यो वर्ष मेलामा सहभागी देश, क्षेत्र र अन्तरराष्ट्रिय संस्थाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।
१० वर्षपछि व्यापार, लगानी, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् व्यापार मेला चीन र दक्षिण एसियाली देशका साथै अन्य देशबीचको व्यापारिक आदानप्रदानका निम्ति उपलव्धिमूलक भएको मेला आयोजक युनान प्रान्तीय सरकारले जनाएको छ ।
बितेको एक दशकमा व्यापार मेलाले चीन र दक्षिण एसियाबीचको घनिष्ठ सम्बन्ध उजागर गर्नाका साथै चीन र दक्षिण एसियाली देशबीचको व्यापारको मात्रामा दोब्बरले बढोत्तरी मात्र भएको छैन अपितु चीन वर्षौंदेखि पाकिस्तान, बङ्गलादेश र माल्दिभ्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड
इरानको पक्षमा उभिँदै चीनले भन्यो-‘इजरायली बर्बर हमला निन्दनीय’
झापामा चिनियाँ राजदूत: कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?
अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति