दाङ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका२ जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित मैकुटीमा जंगली च्याउ खाएर आमा छोरीको मृत्यु भएको हो । जंगली खाएर २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षिया छोरी अस्मिताको मृत्यु भएको दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन। डिएसपी गौतमका अनुसार च्याउ खाएर गम्भीर बिरामी ईश्वरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र छोरी अस्मिताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनार परिवारले साउन २९ गते साँझ जंगलबाट ल्याएको खाएका थिए । च्याउँ सेवनबाट बिरामी परेका ईश्वरीको पति अजयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी