डोल्पामा पर्यटक संख्या बढ्यो

रासस

बुधबार, ३१ साउन २०८०, १३ : ०२
डोल्पामा पर्यटक संख्या बढ्यो

जाजरकोट  । डोल्पा घुम्न आउने विदेशी पर्यटकको संख्या विगतको तुलनामा बढेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवओकन गर्न आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७९/८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला र ८७ पुरुष गरि २ सय २ जना थिए । सार्क मुलकबाट ३ जना महिला र १३ जना पुरुष गरी १६ जना घुम्न आएका थिए । यसैगरी अन्य विदेशी पाहुनाहरुमा १६९ जना महिला र २४९ पुरुष गरी ४१८ जना गरी ३ हजार ७८२ पर्यटक डोल्पा घुम्न आएको निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार नेपाली, सार्कमुलक र विदेशी नागरिकवाट प्रवेश शुल्क वापत १६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा नेपाली १७३ ,सार्क मुलकका ३९ र अन्य विदेशी ११७ गरी ४ हजार ३७९ जना पर्यटकबाट ७ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको थियो । यो पर्यटक संख्या र राजस्व गत आवको भन्दा दोब्बरले बढी हो ।

निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुुल्क वापत प्रति व्यक्ति १ हजार पाँचसय रुपैयाँ र अन्य विदेशी नागरिकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गर्छ ।विगतका वर्षमा जिल्ला प्रवेश गर्ने पर्यटकको अभिलेख राख्ने कार्य व्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्यांकको अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस