कालोपट्टी बाँधेर राष्ट्रिय खेलकुद परिषद् कर्मचारीमा आन्दोलनमा

रासस

बुधबार, ३१ साउन २०८०, १२ : ५०
कालोपट्टी बाँधेर राष्ट्रिय खेलकुद परिषद् कर्मचारीमा आन्दोलनमा

काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले आफ्नो  आन्दोलनलाई जारी राखेका छन् । गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । बुधबार चौथो दिन उनीहरु पाखुरामा कालोपट्टी बाँधरे शान्तिपूर्ण आन्दोलनमा छन् ।

पेनडाउनसहितको आन्दोलनमा उत्रिएका परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया यथाशीघ्र प्रक्रियाअगाडि बढाउन माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस