राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, ११ : ३६
राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए ।

उनले भने ‘ यो देशमा यसै पनि नकारात्मक कुराहरू लोकप्रिय हुन्छ । गम्भीर काम भइरहेको छ सिरियस कुरा भइरहेको छ । त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहेको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए । टयाक्सको बाटोमा नआएकाहरूलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस