काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।
उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि बताए । ‘संसद् जनताप्रति जबाफदेही हुनुपर्छ । संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम हो ।लामो समयसम्म संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रमुख प्रतिपक्षीलाई संसद्लाई खुलाउन यो बैठक आग्रह गर्दछ’, लेखकको भनाइ छ । साथै उनले सुन तस्करीमा सरकारले गहिरोसम्म पुरेर छानबिन गर्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा