संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, २१ : १०
संखुवासभा कैदी मृत्यु प्रकरण :  कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई कैदी बन्दीको मृत्यु भएको घटनामा कारागार प्रमुख र प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ गरिएको संखुवासभा प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

‘मृतकका आफन्तको कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ उनले भने । पक्राउ परेका दुवै जनालाई आइतबारबाट लागू हुने गरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधवार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिने क्रममा कुटपिट भएको स्वीकारेको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधवार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस