काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन ।
कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागतरुपमा समिति बनाउन सके त्यसले साना ठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताए ।
‘उच्च पदस्थहरूबाटै पनि धेरै ठुला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।’, उनले भने, ‘दोषी कोही छुट्नु हुँदैन । निर्दोष फस्नु हुँदैन भन्ने हो । भ्रष्टाचार विरुद्धको छानबिन गर्ने छुट्टै समिति नै बनाउन सके त्यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्नमा मद्दत मिल्ने छ ।’ सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा।भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको बताए ।
ललिता निवास जग्गा प्रकरणको प्रसङ्गमा डा। भट्टराईले कानूनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादीको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई