काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले संसदमा आवेगमा संसद अवरुद्ध गरेको टिप्पणी गरेका छन ।
शुक्रबार पुरुष-परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन। उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद सुचारु हुने बताए ।
महामन्त्री शर्माले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउनुभयो । उहाँले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए ।
महामन्त्री शर्माले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दुखि छ भन्ने राम्रोसँग बुझेको बताए । उनले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताए । उनले नेपाली समाजमा हीत र अहीतलाई बुझ्ने विवेक भएपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको बताए ।
महामन्त्री शर्माले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ’: विश्वप्रकाश शर्मा
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा