काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरूलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरूको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।
उनले भने ‘राज्यले यसलाई प्राथमिकताका साथ अभिप्रेरित गर्नु पर्छ । महिलाहरूको निरन्तर सम्पूर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरूलाई अगाडि बढाउनु पर्छ । सरकारले सम्पूर्ण रूपमा यो सफल गर्न सहयोग हुन्छ । ’मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सिपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
महिलाहरूलाई आवश्यक परेको खण्डमा सहयोग गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट