काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरूलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरूको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।
उनले भने ‘राज्यले यसलाई प्राथमिकताका साथ अभिप्रेरित गर्नु पर्छ । महिलाहरूको निरन्तर सम्पूर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरूलाई अगाडि बढाउनु पर्छ । सरकारले सम्पूर्ण रूपमा यो सफल गर्न सहयोग हुन्छ । ’मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सिपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
महिलाहरूलाई आवश्यक परेको खण्डमा सहयोग गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने