काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिने छ ।
महासचिव भुसालका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते राखिएको छ । सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने उक्त बैठकमा जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे बहस गरिने छ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता
एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा