काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ ।
दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह एकतावद्ध भएको र रहिरहने विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुई नेताको छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज । हामी साथमा छौं र निकै उत्साहित पनि,’ घिमिरेले ट्वीट गरेका छन् ।
दुई नेताबीचको सम्बन्धमा दूरी बढेको भन्दै केही समयदेखि आशंका व्यक्त हुुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप