सिटिजन्स बैंक र हटपिज रेस्ट्रो तथा रेगल हेटौँडाबीच छुट सम्झौता

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १३ : २७
सिटिजन्स बैंक र हटपिज रेस्ट्रो तथा रेगल हेटौँडाबीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित हटपिज रेस्ट्रो तथा हेटौँडाको रेगल हेटौडा रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र  मोबाइल  बैंकिङ्ग ग्राहकहरूले  हटपिज रेस्ट्रोमा १०% र रेगल हेटौडा रिसोर्टमा १५% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।