चितवन । भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ । डेङ्गीको परीक्षणमा जथाभावी रुपमा शुल्क लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै डेङ्गी परीक्षणका लागि आधिकतम मुल्य ६ सय रुपैयाँ तोकेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुल्कमा एक रुपता होस् र नागरिकलाई सजह स्वास्थ्य सेवाका लागि शुल्क तोकिएको बताईन् । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुलाई समयमै रिपोर्ट दिन समेत अनुरोध समेत गरिन् ।
जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरुपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘देशैभरी डेङ्गी रोग फैलिरहेको छ । यसमा महानगरपालिकासमेत उच्च जोखिममा छ । तर, रोग निदानका लागि गरिने परीक्षणमा एकरुपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरे । डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ लिने गरेका छन् ।
नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो । यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ । साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ । त्यहाँ ७÷७ जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यहाँ अन्य जिल्लाका १४ र ठेगाना नखुलेका ६ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान