बैतडी । रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको भारतमा बसको ठक्करबाट मृत्यु भएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो। रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए। मृतक पुष्करको घरमा श्रीमती र एक छोरी रहेका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु