काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि बैठक स्थगन भएको हो ।
सभामुख देवराज घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। बैठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।
उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी