अब मासिक  १०० रुपैयाँमै डिशहोम हेर्न पाइने

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १३ : ३४
अब मासिक  १०० रुपैयाँमै डिशहोम हेर्न पाइने

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।  जसअनुसार अव डिशहोमको नयाँ तथा पुराना ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको भनाइ छ । 

यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीको भनाइ छ ।  कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट सँगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सकिने छ ।

यो अफरको वारेमा थप जानकारी लिन कम्पनीले फोन नम्बर ०१ ५९७०३६५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस