काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानविनको लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।
सो सुन प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडानमा सत्तापक्ष सहमत नभईरहेका बेला उहाँले यस्तो सुझाव दिनु भएको हो ।
मंगलबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले राज्यका स्थायी निकायहरुलाई छानविन गर्न दिने तर त्यसमाथि पनि अनुसन्धान गर्न र आवश्यक निर्देशन दिन सक्नेगरी सो कामको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिलाई दिन उपयुक्त हुने तर्क गर्नुभयो ।
उहाँले संसदीय समितिले सिआइवीलगायतका राज्यका निकायले सो प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसक्ने देखे सोही समितिलेनै अनुसन्धानका लागि अर्को छानविन समिति बनाउन सरकारलाई निर्देशन गर्न सक्ने व्यवस्था गर्दा हुने सुझाव समेत दिनुभयो ।
प्रमुख सचेतक लेखकले सो संसदीय समितिले सुन प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग समेत आवश्यक पर्दा समितिमै बोलाएर छलफल गर्न सक्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक