काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानविनको लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।
सो सुन प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडानमा सत्तापक्ष सहमत नभईरहेका बेला उहाँले यस्तो सुझाव दिनु भएको हो ।
मंगलबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले राज्यका स्थायी निकायहरुलाई छानविन गर्न दिने तर त्यसमाथि पनि अनुसन्धान गर्न र आवश्यक निर्देशन दिन सक्नेगरी सो कामको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिलाई दिन उपयुक्त हुने तर्क गर्नुभयो ।
उहाँले संसदीय समितिले सिआइवीलगायतका राज्यका निकायले सो प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसक्ने देखे सोही समितिलेनै अनुसन्धानका लागि अर्को छानविन समिति बनाउन सरकारलाई निर्देशन गर्न सक्ने व्यवस्था गर्दा हुने सुझाव समेत दिनुभयो ।
प्रमुख सचेतक लेखकले सो संसदीय समितिले सुन प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग समेत आवश्यक पर्दा समितिमै बोलाएर छलफल गर्न सक्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा