काठमाडौ । सेयर बजार सोमबार झिनो अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.२१ विन्दुले घटेर २०४८.२६ अंकमा अडिएको छ ।
यस दिन २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगातारजसो घटिरहेको छ । आइतबार अधिकांश बैंक तथा विकास बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि नेप्से सूचक थप फराकिलो अंकले घट्यो ।
सोमबार पनि यहीक्रमले निरन्तता पाएको हो । यद्यपि, अघिल्लो दिनको तुलनामा सोमबार घट्ने दर भने साँघुरो भएको छ । यस दिन २६७ कम्पनीको ६६ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेपाल रिपब्लिक मिडिया र तेस्रोमा सोल्टी होटेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार