काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय दिपेश भक्त श्रेष्ठको दिपेश अटोलिङ्कमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ