काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय दिपेश भक्त श्रेष्ठको दिपेश अटोलिङ्कमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ
काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ