एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो ।
रुसी आक्रमणबाट के कति क्षति भयो भन्ने खुलाइएको छैन । क्षेप्यास्त्र आक्रमणबाट विश्वविद्यालय भवनमा आगो लागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्तसंचार केन्द्रमाथिको आक्रमणलाई युद्ध अपराध भनेका छन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने