काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बढ्दो बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा बुधबार बाँदर आतंकसम्बन्धी फोटो पोस्ट गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो।उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु । हो, अवश्य । बोल्नै पर्छ। बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ।’
उनले एमाले नेतृत्वको सरकारमा रहेका बेला स्थानीय तह मार्फत यसको केही सुरुवात पनि गरेको स्मरण गराएका छन् । ‘जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिनु आवश्यक छ ’, उनको भनाइ छ ।
ओलीले कहिलेकाहिँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र नभइ यस्ता साझा समस्याका तस्बिर पनि आउने ओलीको धारणा छ । उनले कमेन्टमा तस्बिर राख्ने खगेन्द्र पाण्डेलाई धन्यवाद पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली