आज पनि माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, ०६ : २७
आज पनि माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफनो धारणा राखेका थिए ।  

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस