काठमाडौँ । धनुषा र काभ्रेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया लक्षोदेवी दासको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित फरार चालकको खोजी भइरहेको छ ।
यता काभ्रेको बनेपा नगरपालिका-६ बुडोलस्थित सडकमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.-०२-०१३ प ६५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मोरङ घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय सफल आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
पाल्पामा बस दुर्घटना, ११ जना घाइते
मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते