काठमाडौ । धादिङस्थित त्रिशूली नदीमा आज बिहान बस खस्दा १७ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २८ पुगेको छ।
धादिङ प्रहरीका अनुसार पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजेतिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५,भैँसीगौडाबाट त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भएको र घाइतेको संख्या २८ पुगेको प्रहरीले जानकारी दिएको छ।दुर्घटनामा ११ पुरुष र ६ महिलाको घटनास्थमै मृत्यु भएको हो।घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको छ।
बसमा जम्मा ४५ यात्री थिए। पोखराबाट ४३ जना चढेको र मुग्लिनमा २ वा ३ जना यात्री थपिएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते