जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर–४ का ७० वर्षीय रत्न शाहीलाई समेत थप उपचारका सोही हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।
सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जीप बिहीबार दुर्घटना भएको थियो । दुर्घटनामा सात जना घाइते भएका थिए । अरू घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ फागुन २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते