सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशीब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।
घाइते भएका अमरलालको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए अर्का घाइते पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको छ । जिप चालक २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते