सामाजिक संजाल अति नै हुन थाले, नियन्त्रण गर्नुपर्छ : कानूनमन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, १६ : १०
सामाजिक संजाल अति नै हुन थाले, नियन्त्रण गर्नुपर्छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक संजालले अति नै गर्न थालेको भन्दै यस्ता छाडा गतिविधि नियन्त्रण गर्नेबारे शीर्ष तहमा छलफल भएको स्वीकार गरेका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी भएका मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरुको बैठकमा छलफल भएको बताए ।

उनले भने– म आफू उपस्थित भएको एकदमै सानो तर शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले,जे पायो त्यहि गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएकोे हो । तर मिडयालाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा आएको छैन।

सन्चार मन्त्रालयले सामाजिक संजाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको उनले बताए । कार्यक्रममा पत्रकार नेताहरुले मिडिया नियन्त्रण गर्ने ढंगले विधेयक आउन लागेको भन्दै विरोध जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस