विषालु च्याउ खाँदा एकजनाको मृत्यु

रासस

शुक्रबार, १९ साउन २०८०, १२ : ५४
विषालु च्याउ खाँदा एकजनाको मृत्यु

काठमाडौँ । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् ।

बिहीबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।

तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस