विषालु च्याउ खाँदा ३ जना बिरामी

रासस

बुधबार, २५ असार २०८२, १२ : ५२
विषालु च्याउ खाँदा ३ जना बिरामी

सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन । बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् । सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डा.नवीन ध्यारले जानकारी दिए । बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस