असोजभित्र सिंहदबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, २० : १४
असोजभित्र सिंहदबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएकी छन ।

मन्त्री गुरुङ प्रवलिकरणमार्फत ऐतिहासिक सिंहदरवारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताईन। उनले बाँकी कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताईन ।

मन्त्री गुरुङले भुकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधि मार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताईन्। देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउदा आम नागकिरहरुलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गरिन् ।

निर्माण सुरु भएको सिंहदरबारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ । करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रवलिकरणको काम भइरहेको छ । प्रवलिकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम धमाधम भइरहेको छ । २०७२ सालमा गएको विनाशकारी भुकुम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रवलीकरण ९रेक्ट्रोफिटिङ० विधिबाट पुनर्निमाणको काम अघि बढाइएको थियो । सिंहदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रवलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको प्रवलिकरण मार्फत पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय महत्वको रुपमा रहेका ऐतिहासिक भवनहरुको मौलिकता बचाउदै पुरानै निर्माण सामाग्री प्रयोग गरेर प्रवलिकरणमार्फत पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए । उनका अनुसार वैज्ञानिक विधिको प्रयोग गरि जीर्ण घर तथा भवनलाई सुरक्षित बनाउने विधिलाई ’रेट्रोफिटिङ’ अथवा ’प्रबलीकरण’ भनिन्छ । भुकम्पले क्षति पु¥याएका ऐतिहासिक भवनहरुलाई सरकारले थप मजुबद्ध बनाउने गरी आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी प्रवलीकरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस