विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही दिन बेलुका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजुकमार राईले घटनामा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गर्ने तयारी भएको बताए ।
२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कने क्रममा रोहितमाथि धरान इटहरी सडक खण्डको सेउती खोला पुलको दक्षिणतर्फ गोली प्रहार भएको थियो । मोटरसाइकल रोकेर पिसाब गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । रोहित नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ