काठमाडौ । सुगम क्षेत्रका कार्यालमा सरुवा हुन चाहनेको निवेदनको चाङ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै ठुलो भइसकेको छ । तर सुगमबाट दुर्गम जान एउटा पनि निवेदन परेको छैन ।
मन्त्रालयले गत बिहीबार दुर्गम क्षेत्रमा काम गरेका कर्मचारीलाई सुगममा र सुगममा काम गरेका कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा भई जान नौ दिनको समयसीमा दिएको थियो ।
मङ्गलबारसम्म १६१ जना कर्मचारीले सुगम क्षेत्रमा सरुवा भई जानका लागि मात्र निवेदन दिएका छन् । दुर्गम क्षेत्रमा कामकाज गर्नका लागि भने कुनै पनि कर्मचारीले निवेदन नदिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निवेदन दिनेमा खरिदारदेखि उपसचिव स्तरसम्मका कर्मचारी छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ साउन २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
एकैपटक २१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?