काठमाडौ । सुगम क्षेत्रका कार्यालमा सरुवा हुन चाहनेको निवेदनको चाङ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै ठुलो भइसकेको छ । तर सुगमबाट दुर्गम जान एउटा पनि निवेदन परेको छैन ।
मन्त्रालयले गत बिहीबार दुर्गम क्षेत्रमा काम गरेका कर्मचारीलाई सुगममा र सुगममा काम गरेका कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा भई जान नौ दिनको समयसीमा दिएको थियो ।
मङ्गलबारसम्म १६१ जना कर्मचारीले सुगम क्षेत्रमा सरुवा भई जानका लागि मात्र निवेदन दिएका छन् । दुर्गम क्षेत्रमा कामकाज गर्नका लागि भने कुनै पनि कर्मचारीले निवेदन नदिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निवेदन दिनेमा खरिदारदेखि उपसचिव स्तरसम्मका कर्मचारी छन् । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ साउन २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा