ललितपुर । ललितपुरमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–९, बालकुमारीमा बस्दै आएका सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार रहेका छन् ।
ललितपुर–९ मै बस्दै आएका ४३ वर्षीय शंखर तामाङले सोमबार (हिजो) कुटपिट गर्दा परियार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सामान्य विवादका क्रममा तामाङले उनीमाथि कुटपिट गरेका थिए ।
उपचारका लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते