काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित ‘युगदूत’ विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन् ।
राजनीतिमा लागेका केहि व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराव भन्न नमिल्ने उनले बताए । ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको बिकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा अघि बढ्नुपर्ने उल्लेख गरे ।
उनले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागीता पुर्याउन अझै बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने