काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’
प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताए । ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो । यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु’, प्रधानमन्त्रीको भनाइ छ ।
साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न प्रचण्डको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड