ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, अर्का गम्भीर घाइते

सफल खबर संवाददाता

सोमबार, १५ साउन २०८०, ०८ : ४३
ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, अर्का गम्भीर घाइते

काठमाडौ । कैलालीमा ट्याक्टरको ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले जानकारी दिए। 

कठायत कञ्चनपुरको वाणीस्थित प्रहरीको विशेष सुुरक्षा गणमा प्रहरी जवान पदमा कार्यरत थिए।

दुर्घटनामा अर्का प्रहरी जवान घाइते भएका छन्। मोटरसाइकलमै सवार प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएक हुन्। उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै उनी आइरहेका थिए। 

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन्। श्रीमती भेट्न गएका अर्का प्रहरी जवान दाउका अस्पतालको शय्यामा पुगेका छन्। ट्याक्टर चालक फरार छन्।

प्रतिक्रिया दिनुहोस